सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग पूर्ण अवरुद्ध
Palpa20pahiro Nykoocruy1 7mlxbdtqgrqvnkhqco1tbydizxapd1we30kilivtxsbtrzhe7oex7pbgioni S7vasqivvd 8avkgv2zr1w9nq4zgasoln0vqt32jmo1iotawnvd5mhomlc3jgjt9uf8s31r

April 12, 2025, Jyotishsanchar press

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा आज बिहान भीषण पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

बिहान ४ बजेतिर खसेको पहिरोले लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको एक कार पुरिएको प्रहरीले जनाएको छ । कार माथिल्लो भागबाट आएको पहिरोले पुरेको हो । 

कार बुटवलबाट पाल्पाको भैरवस्थान तर्फ गइरहेको थियो । कारका चालक र यात्रुहरू भने सकुशल छन् । यद्यपि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ । यतिबेला दोभान क्षेत्रको तल्लो र माथिल्लो सिद्धबाबा खण्डमा निर्माणाधीन कल्भर्ट पनि समस्यामा परेको छ । 

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहान ४ बजेदेखि नै राजमार्ग अबरुद्ध भएको हो । 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको