वीरगन्जगमा १२ घण्टा थपियो कर्फ्यु
Birjung Jhadap 6nlydenmld

April 13, 2025, Jyotishsanchar press

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ।

यसअघि आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको कर्फ्युको समय बढाएर मध्यराति १२ सम्म लम्ब्याइएको हो।

शनिबार हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएपछि जिल्ला प्रशासनले साँझ साढे ७ बजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।

तर दुई पक्षबीच अझै सहमति हुन नसकेकाले कर्फ्यु आज राति १२ बजेसम्मका लागि लम्ब्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

सहमतिका लागि जिल्ला प्रशासन कार्यालयमा आज बिहान साढे ७ बजेदेखि सर्वपक्षीय बैठक जारी छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको