टिपर दुर्घटनामा एकको मृत्यु
E9db8c20 843c 46e9 8d69 76eec3226850

April 13, 2025, Jyotishsanchar press

काभ्रेपलाञ्चोक । काभ्रेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


मण्डन देउपुर नगरपालिकाकाे वडानम्बर-२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख ३४६४ नम्बरको टिपर दुर्घटना हुँदा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायव निरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको