
April 14, 2025, Jyotishsanchar press
आज नयाँ वर्ष २०८२ को पहिलो दिन।
नयाँ वर्ष प्रवेशको दिन अधिकांश नेपालीहरू शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन्। तर, शिक्षकहरू भने शिक्षा ऐनको माग गर्दै काठमाडौँको सडकमा आन्दोलनरत छन्।
शिक्षकहरूले नाच्दै गाउँदै सरकारमाथि दबाब बढाइरहेका छन्। शिक्षकहरू सडक आन्दोलनमा होमिएको आज १३ दिन भएको छ।

