भाटभटेनी र बिगमार्टले अरुले उत्पादन गरेका वस्तुमा आफ्नो लेबल लगाउन नपाउने
Download 2 1

April 28, 2025, Jyotishsanchar press

अबदेखि भाटभटेनी सुपरमार्केट प्रालि र बिगमार्ट प्रालिले अरुले उत्पादन गरेका वस्तुमा आफ्नो लेबल लगाउन नपाउने भएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुवै स्टोरहरुलाई सो निर्देशन दिएको हो।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने व्यवस्था छ।

सोअनुसार विभागले दुवै स्टोरलाई यही १२ गते आफूले उत्पादन गरेका वस्तुमा मात्र कम्पनीबाट लेबल लगाउन निर्देशन दिएका हो।

विभागले भनेको छ, ‘कम्पनीले उत्पादन गरेका वस्तुहरुमा मात्र कम्पनीबाट लेबल लगाउने तर अन्य आयातकर्ताबाट आयात भई आएका वस्तुहरुमा आयातकर्ताबाट लेबल लगाएको वस्तु खरिद गरेर मात्र बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन निर्देशन भएको छ।’

उक्त निर्देशन १२ गतेदेखि नै पालना गरेको दुवै स्टोरहरुले जनाएका छन्। विभागका अनुसार आयातकर्ताको लेबल भएको वस्तु मात्र उक्त स्टोरहरुमा भित्रिने गरी निर्देशन पालना गर्ने प्रतिबद्धता भाटभटेनी र बिगमार्टले जनाएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको