
May 1, 2025, Jyotishsanchar press
आज पनि सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला चार हजार ६ सय रुपैयाँ घटेको हो।
सुनको मूल्य बुधबार पनि प्रतितोला सातसय रुपैयाँले घटेको थियो।
मूल्य घटेर आज सुन तोलाको एक लाख ८३ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो।
यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनकाे मूल्यमा १४ हजार चारसय रुपैयाँ गिरावट आइसकेकाे छ।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

