
May 2, 2025, Jyotishsanchar press
राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता दिइने घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता दिइनेछ,’ उनले भने,‘ आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गरी मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्योग व्यवसाय प्रवर्द्धन गरिने छ ।’ सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्योगमा आकर्षित गरिने बताए ।

