
May 2, 2025, Jyotishsanchar press
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत देशलाई ग्रे लिष्टबाट निकाल्ने योजना कार्यन्वयन गरिने भएको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले चालु आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देशलाई ०८३ भित्रै ग्रे लिष्टको सूचीबाट स्तरोन्नती गर्ने उल्लेख गरेका हुन्।
केही महिना अगाडिमात्रै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अनुसन्धान र कानुन कार्यन्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिष्टमा परेको थियो।
ग्रे लिष्टमा परेसँगै सरकारले चालु आवको नीति तथा कार्यक्रम मार्फत सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्था पूर्ण पालना गर्ने देशको सूचिमा स्तरोन्नती गर्दै देशलाई ग्रे लिष्टबाट बाहिर ल्याउने योजना समेटेको हो।

