पाकिस्तानविरुद्ध भारतको अर्को निर्णय: सबै आयातमा प्रतिबन्ध
India Pakistan Gate Wpkwobkm7g

May 3, 2025, Jyotishsanchar press

पहलगाम आक्रमणपछि भारत सरकारले पाकिस्तानविरुद्ध अर्को ठूलो कदम चालेको छ।

भारतले पाकिस्तानबाट हुने सबै प्रत्यक्ष र अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार वाणिज्य मन्त्रालयले मे २ मा सूचना जारी गरी यो प्रतिबन्ध सकेसम्म चाँडो कार्यान्वयन गर्न आदेश दिएको छ।

सूचनाअनुसार विदेश व्यापार नीति (एफटीपी) २०२३ मा एउटा प्रावधान थपिएको छ, जसअन्तर्गत पाकिस्तानबाट आउने सबै प्रकारका आयात रोकिएको छ।

कारण?
विदेश व्यापार महानिर्देशनालय  (डीजीएफटी)  ले सूचनामा प्रतिबन्धको कारण उल्लेख गरेको छ।

उसले भनेको छ, ‘राष्ट्रिय सुरक्षा र सार्वजनिक नीतिहरूलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।’

विकल्प?
पहलगाम आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध यो कडा कदम चालेको हो।

यद्यपि, अझै पाकिस्तानबाट कुनै आयात भएमा यसका लागि भारत सरकारबाट अनुमति लिनु पर्नेछ।

भारत सरकारको आदेशबिना पाकिस्तानले भारतमा केही पठाउन सक्दैन।

एफटीपीमा के परिवर्तन?
यस सन्दर्भमा विदेश व्यापार नीति (एफटीपी) मा एउटा नयाँ प्रावधान थपिएको छ।

जसमा लेखिएको छ, ‘पाकिस्तानमा उत्पन्न हुने वा निर्यात हुने सबै सामानको प्रत्यक्ष वा अप्रत्यक्ष आयात, चाहे स्वतन्त्र रूपमा आयात गर्न सकिन्छ वा अन्यथा अनुमति दिइएको होस्, अर्को आदेश नभएसम्म तत्काल प्रभावले निषेध गरिनेछ।’

पहलगाम आक्रमणपछि कडा कदम
२२ अप्रिलमा जम्मु-कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध धेरै ठूला निर्णयहरू गरिरहेको छ।

भारत र पाकिस्तानबीचको सिन्धु जल सन्धि निलम्बन गरिएको छ भने भारतमा बसोबास गर्ने सबै पाकिस्तानीलाई देश छाड्न आदेश दिइएको छ।

साथै सबै पाकिस्तानी एयरलाइन्सका लागि भारतीय हवाई क्षेत्र बन्द गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको