
May 4, 2025, Jyotishsanchar press
काठमाडौं । आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।
बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल हुनेछ । त्यस्तै साढे १० बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै साढे १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सा.ले.स.को २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा र उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल हुनेछ ।

