स्थानीय श्रोत साधनको प्रयोग गरेर घर बनाऔँः उपप्रधानमन्त्री सिंह
Prakash20man N37ymuwlxv Bln5um1xkrwsialngwudyhezlitw6snidewyiwdyfeuxcaz3kvmdxa70gkhq 26f04ehyp0 Zwthgvlochsouexd6b6tcyrqsbvmasedmuhcljraoapbofie3qml5ljkryud

May 5, 2025, Jyotishsanchar press

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सिंहले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभइ आय आर्जन गर्नसक्ने किसिमको हुनुपर्ने बताएका हुन् ।

मन्त्री सिंहले आवासमा बस्नका लागि मात्रै अब मानिसहरु नजाने उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले जग्गा विकासमा नेपालीहरुलाई न्युनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताए । आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्नसक्ने वातावरण तयार भएको खण्डमा नै व्यवस्थित बस्ती विकास हुने जिकिर सिंहको छ  । सिमेन्ट, रडको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोगबाट वातावरणमैत्री भवनहरु निर्माण गर्दा फाइदा हुने उपप्रधानमन्त्री सिंहको भनाई छ ।

उपप्रधानमन्त्री सिंहले अब बस्ती विकास गर्दा समाजमा चाहिने न्युनतम आधारहरु राखेर जग्गा विकास गर्न जरुरी रहेको बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको