प्रचण्ड र अर्थमन्त्रीबीच खुमलटारमा भेटवार्ता
94bb440e F507 400c A9c4 D8b41b2e2208 Llzsyplrj2

May 6, 2025, Jyotishsanchar press

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच आज बिहान भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको हो,’ प्रचण्डको सचिवालयका एक सदस्यले  भने, ‘यो भेटवार्ता विशुद्ध बजेटका विषयमा केन्द्रीत छ। अन्य राजनीतिक विषयमा उहाँहरुबीच खासै कुरा भएन।’

संघीय संसद्‍मा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथि हिजोदेखि छलफल सुरु भएको छ।

हिजोको संसद् बैठकमा प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमको व्यापक आलोचना गरेका थिए।

संसद्का दुवै सदनबाट यही वैशाख २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तय भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको