डेढ करोड जरिवाना तिर्न नसकेपछि अमित अग्रवाल कारागार चलान
Amit Agrawal Arrested Mvlmel1ix6

May 7, 2025, Jyotishsanchar press

अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार स्वयम्भूबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो। अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो। 

काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए। २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

२०८० असार २१ गते चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला भएको थियो। 

काठमाडौँमा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई २०७८ फागुनमा पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो। तर धरौटीमा रिहा भएका अग्रवाल फैसलापछि भने फरार रहँदै आएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको