बढ्यो सुनको मूल्य
Sun Kxcc4hjsde Hmnuwufzassihxhxswf1mvbl3tj4qlqsqjooi9n5j9ptbfoitd3fe4lbspjk Hbwnt5vwe9 A9xmfv0i4azcsxrwqvz7heevfrofb7d4sutbuatmkaklmlb13en3i6xkd1aa

May 8, 2025, Jyotishsanchar press

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी  १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला सुन १ लाख ९१ हजार ६ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रासस

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको