पोडवेनिम्ति बजेट विनियोजनको माग,सरकारले बजेट बनाउँदै
Mahesh Bartaula1 1739265602

May 8, 2025, Jyotishsanchar press

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले हेटौँडा–काठमाडौं पोडवेनिम्ति बजेट विनियोजनको माग गरेका छन् । बिहीबार (वैशाख २५) प्रतिनिधिसभा बैठकमा उनले पहिलेको रोपवेको संरचनालाई आधार बनाएर पोडवे सञ्चालनको माग गरेका हुन् ।

“झन्डै ४२ किलोमिटर लामो हेटौँडा–काठमाडौं रोपवे ०५९ सालदेखि बन्द अवस्थामा छ, संरचना जीर्ण छन् । सरकारले बजेट बनाउँदै छ । आगामी आर्थिक वर्षमा वाग्मती प्रदेशको राजधानी हेटौँडादेखि संघीय राजधानी काठमाडौं जोड्नका लागि हिजोको त्यसै संरचनालाई आधार बनाएर पोडवे सञ्चालनका लागि सरकारले विशेष प्राथमिकता दिएर आवश्यक बजेटको विनियोजन गरियोस् माग गर्न चाहन्छु,” उनले भने ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको