काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अङ्कले घटेर २ हजार ६०९.०५ विन्दुमा कायम भएको छ।
आज ३०९ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२.६१ को कारोबार भएको छ।
आज सय कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४५ कम्पनीको घटेको छ भने एउटा स्थिर छ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, छाब्दी हाइड्रोपावर लिमिटेड ९.९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटड ९.५३, नेपाल पुनर्बिमा कम्पनी ८.४१, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ।

May 18, 2025, Jyotishsanchar press

