काठमाडौँ । शेयर बजार आज २२.९९ अंकले बढेको छ । लगातार ६ दिनसम्म घटेपछि सोमबार बजार परिसूचक बढेको हो । योसँगै बजार परिसूचक २ हजार ६३२.०९ अंकमा पुगेको छ ।
आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो । ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज समग्र बजारभन्दा ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ होटल तथा टुरिजम समूह १.०१ प्रतिशत घट्नुबाहेक अरु सबै सूचक बढेका छन् । आज विकास बैंक समूह सर्वाधिक २.०१ प्रतिशतले बढेको छ भने बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा र ट्रेडिङ समूह पनि १ प्रतिशत भन्दा धेरैले बढेको छ ।
बजारमा पाँचवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगा फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनी रहेका छन् । आज विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

May 19, 2025, Jyotishsanchar press

