काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ। लगातारको गिरावटपछि सोमबार ३ अंकले बढेको नेप्सेमा आज ५३ अंकले वृद्धि भएको हो। यसअघि लगातार ६ दिनसम्म गिरावट हुँदा नेप्से ४८ अंक घटेको थियो । आज बढेसँगै नेप्से २ हजार ६८१ विन्दुमा पुगेको छ।
मंगलबार भएको कारोबारमध्ये २२९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५ कम्पनीको मूल्य गिरावट हुँदा एक कम्पनीको मूल्य स्थिर छ।
कारोबारका आधारमा आज पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्कर्टन लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।
यस्तै, बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ। यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले गिरावट आएको हो। सात अर्ब ३१ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।

May 20, 2025, Jyotishsanchar press

