राष्ट्र बैंकले पायाे नयाँ गभर्नर, सरकारद्वारा डा. विश्वनाथ पौडेललाई नियुक्त

काठमाडौं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, पूर्वसचिव डा. दिनेश भट्टराई हुनुहुन्थ्यो । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको मन्त्री गुरुङले बताउनु भयो ।

मन्त्री गुरुङले लामो प्रतिक्षापछि गभर्नरको विषय टुंगिएको बताउनु भयो ।

Biswo Poudel

May 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको