यस वर्ष हालसम्म १४ खर्ब ७४ अर्बका वस्तु आयात

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

बुधबार विभागले तथ्याङ्क प्रकाशित गर्दै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको जनाएको छ । विभागका अनुसार वैशाख मसान्तसम्म २ खर्ब ६४ अर्ब ८४ करोड बराबरकाे पेट्रोलियम पदार्थ आयात भएको छ ।

यसैगरी दोस्रोमा फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस अवधिमा १ खर्ब ३७ अर्ब ९२ करोड बराबरका यस्ता वस्तु आयात भएका हुन् ।

तेस्रोमा पाम तथा प्रशोधित तेल १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ भने चौथोमा बोइलर मेशिन १ खर्ब रुपैयाँ बराबरको, सवारी साधन तथा पार्टपुर्जा ८२ अर्ब २४ करोड रुपैयाँको, प्लास्टिक तथा प्लास्टिक जन्य सामग्री ५४ अर्ब ३२ करोड रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

Vanser

May 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको