काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । बुधबार ५ हजारले बढेकाे सुन आज १ हजार ७०० ले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी ३५ रुपैयाँले बढ्दै दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

May 22, 2025, Jyotishsanchar press

