१९ अङ्कले बढ्याे नेप्से, ९ अर्ब ८२ करोडकाे काराेबार

काठमाडौँ । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । नेप्से आज १९ दशमलव ०४ अङ्कले बढेर २ हजार ६ सय ८८ दशमलव ५५ विन्दुमा पुगेको हाे ।

आज बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । बैंक समूहकाे शेयर झन्डै ४ प्रतिशतले बढेकाे छ भने हाेटल समूहकाे शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड २३ लाख कित्ता शेयर ९ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

Share Circuit Breaker Jzzwh0y1ke

May 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको