वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन हुने मन्त्री काफ्लेकाे प्रतिबद्धता

काठमाडौं । वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन गरिने वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताउनुभएको छ।

बिहीबार बसेको प्रदेश सभा बैठकमा विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री काफ्लेले रणनीतिक महत्वको सडक, विपद् जोखिम न्युनिकरण, कृषि क्षेत्रको व्यवसायीकरणलाई जोड दिनेगरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

बजेट प्रणालीमा वित्तीय जवाफदेहितलाई अभिवृद्धि गरिने समेत उहाँले बताउनु भयो । संघीय शासन प्रणालीमार्फत विकास र समृद्धि हासिल गर्न वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन जरुरी भएको मन्त्री काफ्लेको भनाइ छ । चालु खर्चमा कटौती, पुँजीगत खर्चमा बृद्धि गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने क्षेत्रमा लगानी गर्ने सिद्धान्त र प्राथमिकता कार्यान्वयन गर्न दृढ रहेको उहाँले दाबी गर्नुभयो ।

मन्त्री काफ्लेले समाजमा रहेका विकृति विसंगतिहरुलाई मात्र इंगित गरी राम्रा पक्षहरुलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भयो । जनतामा रहेका निराशाहरु चिर्दै आशाको सञ्चार गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ ।

Kundan Raj Kafle

May 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको