एक हजार एक सयले घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।

बुधबार ५ हजारले बढेकाे सुन बिहीबार १ हजार ७०० ले बढेकाे भएपनि आज भने ताेलामा आज एक हजार एक सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी २० रुपैयाँले घट्दै दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Gold

May 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको