यस्ताे छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रूपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रूपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५० पैसा र बिक्रीदर ९८ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रूपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ १७ पैसा र बिक्रीदर चार रूपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ १६ पैसा र बिक्रीदर ३२ रूपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७१ पैसा र बिक्रीदर २० रूपैयाँ ८० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७ रूपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ ४० पैसा र विक्रीदर ३५४ रूपैयाँ ९६ पैसा रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Dolor

May 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको