आज ८.५७ अंकले घट्याे नेप्से परिसूचक

काठमाडौँ । आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६७९.९८ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।आइतबार ९९ वटा कम्पनीको मूल्य बढे पनि १४८ वटाको भने घटेको छ। एउटा कम्पनीको मूल्य स्थिर छ ।

आज नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको मात्रै परिसूचक बढेको छ । जसमा माइक्रोफाइनान्स उपसमूहको ११२.९९ अंकले बढ्दा अन्य १२ उपसमूहका परिसूचक उच्च अंकले घटेका छन् । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १२१ .२७ अंकले घटेको छ ।

नेप्से परिसूचक घटे पनि आइतबार ओम मेगाश्री फर्म्यास्युटिकल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै,महुली लघुवित्त, रिभर फल्स पावर लिमिटेड, उन्नति सहकार्य लघुवित्त र सूर्योदय वोमी लघुवित्तको शेयर मूल्य बढेको छ। तर सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, दोर्दी खोला जलविद्युत्, ग्रिन डेभलपमेन्ट बैंक, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य घटे

Nepse Down

May 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको