नेप्से ०.८५ अंकले बढ्यो, कति भयाे काराेबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार झिनो अंकले बढेको छ । नेप्से ०.८५ अंकले बढेर २ हजार ६७५.६२ विन्दुमा पुगेको हाे ।

आज ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार ३९४ कित्ता शेयर कारोबार भएको छ । ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरमा ३१८ वटा कम्पनीको शेयर ५९ हजार ६३३ पटक किनबेच भएको छ । १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ ।

Share Circuit Breaker Jzzwh0y1ke

May 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको