१६.५५ अंकले बढ्याे नेप्से, कति भयाे कारोबार ?

काठमाडौं । नेप्सेसँगै कारोबार बढ्यो, ङादी पावरको मात्रै १ अर्ब बढीको सेयर खरिदबिक्री

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बुधबार शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५५ अंकले बढेर २ हजार ६९२.१८ विन्दुमा पुगेको हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से स्थिर थियो । आज नेप्सेमा कुल ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार ङादी ग्रुप पावर कम्पनीको मात्रै १ अर्ब ५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ । यस्तै, राधी विद्युतको ६० करोडको कारोबार हुँदा युनिभर्सल पावरको ५१ करोडको शेयर किनबेच भएको छ ।

बुधबार ओम मेगाश्री, ग्रिन विकास बैंक र पियोर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बैंकिङ समूहको शेयर मूल्य १.७५ प्रतिशतले बढ्दा विकास बैंक समूहको शेयर मूल्य १.२७ प्रतिशतले उकालो लागेको छ।

Share Circuit Breaker Jzzwh0y1ke

May 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको