विदेशी मुद्राहरुको विनिमयदरः अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्ड, बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन्। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा छ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरि आज युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ छ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा छ। अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा छ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९८ पैसा छ। आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ०६ पैसा छ।

यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

Dolor

May 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको