काठमाडौँ । सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदैछ ।
संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न लागेका हुन् ।
हरेक वर्षकाे जेठ १५ गते आगामी आर्थिक वर्षकाे बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । तर संसदमा भइरहेकाे गतिराेध अन्त्य नभएसम्म बजेटका कार्यक्रम भने प्रभावित हुन सक्ने सम्भावना छ ।

May 29, 2025, Jyotishsanchar press

