बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छः विनोद चौधरी

काठमाडाैं । नेपाली काँग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले बजेटमा बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिनुभएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि बिहीवार संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रश्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै सांसद चौधरीले बजेटमा व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले बजेटमार्फत सरकारले विदेशमा लगानी गर्न चाहने नेपालीहरूले स्वेट सेयर लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको बताउनु भयो ।

होटल व्यवसायमा लामो समयदेखि बढ्दो विद्युत महसुलको समस्या समाधानतर्फ पनि बजेट केन्द्रित रहेको बताउनु भयो । सांसद चौधरीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै वातावरण सिर्जना गर्ने प्रयाससमेत सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

1748529003 Vzvjv

May 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको