बजेट यथार्थपरक छ, अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अब अर्थतन्त्र चलायमान हुने दाबी गर्नुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबैको साथ भए अर्थतन्त्र चलायमान बन्ने बताउनुभएको हो । उहाँले बजेटले शुरु भएका कामहरु सम्पन्न गर्ने कुरामा जोड दिएको बताउनु भयो ।

कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौतिपूर्ण हुने भन्दै चुनौती पन्छाउँदै कार्यान्वयन हुनसक्ने गरी नै बजेट प्रश्तुत गरिएको बतउनु भयो । बजेट निजी क्षेत्रको मनोबल, आत्मविश्वास गर्ने, लगानी वृद्धि गर्ने सबै दृष्टिकोणले अनुकुल रहेको बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले बजेट यथार्थपरक रहेको बताउनु भयो ।

1748528275 Qtcbz

May 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको