आयल निगमले बढायाे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा एक-एक रुपैयाँ वृद्धि गरेको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २.११ र डिजेलमा १.०९ ले बढेर आएको छ भने हवाई इन्धनमा २. ५७ ले घटेर आएको छ ।

निगम सञ्चालक समितिको निर्णयअनुसार १८ जेठदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँले बढाएको छ ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ५९ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्नेछ ।

Nigam Oil

May 31, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको