एक खर्ब ५५ अर्ब ९४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थको समग्र आयातमा एक अर्ब ३५ करोड अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो ।

गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपनि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो ।

चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०. ३१ प्रतिशतले वृद्धि भएको हो ।

Nigam Oil

June 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको