काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २.७७ अंकले वृद्धि भएर २ हजार ६९५.८४ को बिन्दुमा पुगेको हो ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटपछि पहिलो पटक शेयर बजार कारोबार भएको हो । यस दिन २ करोड २० लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड हाराहारीमा कारोबार भएको छ ।
आज ओम मेगाश्री र प्युर इनर्जीको शेयरमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढी शेयर कारोबार ङ्यादी ग्रुपको भयो ।

June 2, 2025, Jyotishsanchar press

