११.९७ अंकले घट्याे नेप्से

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ११.९७ अंकले घटेर २ हजार ६४६.९५ को अंकको विन्दुमा कायम भएको छ।

आज नेप्सेमा कारोबार भएका ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज अरुण कावेली पावरको सबैभन्दा बढी ३६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार हुँदा दोस्रोमा राधि विद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा दोस्रोमा पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६.८२ प्रतिशतका दरले गुमाएका छन् ।

Nepse Down

June 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको