काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौँकाे कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भएका ३१ वर्षीय रोजबहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे।
रोज बहादुरले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जनाबाट १२ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरुकाे उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

January 23, 2026, Jyotishsanchar press

