चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौँ सितापाइला बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-३ घर भएका ४१ वर्षीय प्रेम थारूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न स्थानहरूमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहना चोरी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनलाई काठमाडौँ नागार्जुन नगरपालिका-६ पुरी गाउँबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट सुन ७ सय ६४ ग्राम ३ सय ५० मिलिग्राम, चाँदी १ किलो १ सय ५९ ग्राम २ सय ६० मिलिग्राम, हिरा १५ ग्राम २ सय ६० मिलिग्राम, नगद १ लाख ६३ हजार ६ सय ५५ रूपैयाँ, विदेशी मुद्राहरू बरामद गरेको छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

February 6, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको