काठमाडाैँ । आज बिहान धादिङको चरौंदी नजिकैबाट त्रिशुली नदीमा ग २ ख १४२१ नम्बरको बस खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहान करिब १ः३० बजे साे दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
घटनामा २३ जना घाइते भएका र एक जना च्यापिएको अवस्थामा फेला परेको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।
मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण खुलेको छैन । बस पाेखराबाट काठमाडाैँका लागि छुटेकाे थियाे ।
उनीहरुकाे उपचारका लागि विभिन्न अस्पतालहरु लगिएकाे छ भने अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीलगायतले उद्धार गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ ।

February 23, 2026, Jyotishsanchar press

