शरीर बन्धक कसूरमा संलग्न तीन जना पक्राउ

काठमाडौँ । अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्ला तिला गाउँपालिका-८ घर भएका ३६ वर्षीय धनराज बस्नेत र कास्की माछापुच्छ्रे गाउँपालिका-७ घर भएका ४२ वर्षीय शिवबहादुर घर्ती रहेका छन् ।

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित शिव बहादुरले संचालन गरेको रोडलाईन प्यालेस होटलमा पीडितलाई बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले पीडितको सकुशल उद्दार गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Arest Pakrau 1

February 25, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको