अवैध लागूऔषधसहित थप ९ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित आज पनि देशका विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ८ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ५ ग्रामसहित काठमाडौं बागबजार बस्ने डोटी घर भएका २३ वर्षीय सुवास खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बा.प्र.०२-०४४ प ५८०१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

इलाम, सुर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित सोही नगरपालिका-९ काजीफाट बस्ने २९ वर्षीय बुद्ध तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ८७ किलोग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा चैनपुर नगरपालिका-११ बस्ने २४ वर्षीय रोसन सुवेदी र भोजपुर हतुवागढी गाउँपालिका-३ बस्ने २२ वर्षीय सुबास राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८-००१ ख ००९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित बिर्तामोड नगरपालिका-५ जात्रुबारी बस्ने २९ वर्षीय अर्जुन राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-३ ज्योतिनगर सुकुम्बासी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ ट्याब्लेट, भोमिन ६० ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका-४ हसौरा बस्ने २६ वर्षीय अर्जुन गुरूङ, १९ वर्षीय मनिस महतो र सोही नगरपालिका-३ बस्ने २२ वर्षीय अमन पुन रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.प्र.०४-००१ प ७४०२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

कैलाली, गोदावरी नगरपालिका-१ बस्ने ३४ वर्षीय रमेश सार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

February 26, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको