काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रमा भूकम्पकाे धक्का महसुस गरिएको छ। बिहीबार राति १० बजेर २५ मिनेट जाँदा भारतको सिक्किम केन्द्र भएर भूकम्प गएको हो ।
४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
यसअघि बिहीबार दिउँसो पनि नेपाल–भारत सीमामा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

February 27, 2026, Jyotishsanchar press

