अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय सुजन सिटौलालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ओखलढुङ्गा, ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने ६१ वर्षीय दिपबहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

February 27, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको