महाभारतमा आगलागी, ३ घर र २ गोठ जलेर नष्ट

काभ्रे । महाभारत गाउँपालिका वडा नम्वर ४ स्थित तल्लो गोठडाँडामा भएकाे आगलागीमा ३ वटा घर र २ गोठ जलेर नष्ट भएका छन् ।

स्थानीय सनबहादुर मगरको घरबाट सल्केको आगोले रनबहादुर मगर र मनमाया मगरको गरी ३ घर र २ गोठ जलेर नष्ट भएका हुन् ।

आइतबार राति आगलागी भएकाे थियाे । जसमा १३ वटा बाख्रा, एक भैंसी, ४० वटा कुखुरा तथा घरमा रहेको अन्न र लत्ता कपडा लगायत धनमालको पूर्ण क्षति भएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयाे ।

आगलागीबाट क्षति भएका घरपरिवारलाई पालिकाको तर्फबाट खाद्यान्न लगायतका केही राहात सामग्री वितरण गरिएकाे छ। थप सहयोगका लागि सबैमा पालिका अध्यक्ष जिम्बाले अनुरोध गर्नुभएकाे छ ।

645748084 1697557094740100 844582326916890495 N

March 3, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको