बारा । आदर्श कोतवाल गाउँपालिका-७ बाट स्रोत नखुलेको नगद ११ लाख २२ हजार रूपैँयाँसहित सुवर्ण गाउँपालिका-१ वगही बस्ने ३२ वर्षीय रोबिनकुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा खटिएको प्रहरीले सिम्रौनगढबाट तेलकुवातर्फ आउँदै गरेको ना.४१ प ३३८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

March 5, 2026, Jyotishsanchar press

