जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

सर्लाही, लालबन्दी नगरपालिका-१६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय सन्तोष केसी लगायत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रूपैयाँ र १८ बुक ताससहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१५ शिव बस्ती बस्ने सरस्वती गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर धोबिघाट बस्ने मकवानपुर घर भएका २८ वर्षीय मिग्मा लामा समेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार २ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका-१ बगासोतीबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय सुमितकुमार चौधरीसमेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

March 19, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको