शिक्षा, स्वास्थ्य, पोषण र सर्वाङ्गीण सुरक्षाको सुनिश्चितता राज्यको मूल दायित्व हो।प्रहरी महानिरीक्षक कार्की  
Dan Dahadur Karki

सुरक्षालाई केवल भौतिक सुरक्षाको रूपमा नभई ‘मानवीय सुरक्षा’ को व्यापक अर्थमा बुझ्न आवश्यक छ, जसमा शिक्षा, स्वास्थ्य, पोषण र सर्वाङ्गीण सुरक्षाको सुनिश्चितता राज्यको मूल दायित्व हो।

दानबहादुर कार्की ले अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मानवको अन्तर्निहित मर्यादा र आत्मसम्मान सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गरे।

२१ औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रंगभेदका विषय उठ्नुलाई दुःखद् भन्दै यसको अन्त्यका लागि राज्य, संस्था र व्यक्तिको संयुक्त जिम्मेवारी आवश्यक रहेको बताएका छन्।

महानिरीक्षक कार्कीले जातीय विभेद अन्त्यका लागि कानुन भए पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै व्यक्ति, संस्था र राज्य संरचनाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।

उनले सामाजिक सञ्जाल र मिडियामा देखिने सौन्दर्यप्रतिको अस्वस्थ प्रवृत्तिलाई पनि संकेत गर्दै मानसिकतामा सुधार आवश्यक रहेको धारणा राखे।

उनले भने, “हामीले कहिलेकाहीँ मिडियामा गोरो हुन विभिन्न सामग्री प्रयोग गर्नुपर्छ भन्ने सन्देश देख्छौँ, यो मानसिकतामै समस्या हो।”

साथै उनले दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्य संरचनाभित्र रहेका अवरोधहरू हटाउनुपर्नेमा जोड दिए। न्याय प्रणाली, शिक्षा र संस्कृतिमा सुधार आवश्यक रहेको उनको भनाइ छ।

महानिरीक्षक कार्कीले नयाँ बन्ने कानुन र संसदले समानता र न्यायलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै प्रहरी पनि समाजकै हिस्सा भएकाले सबैले सकारात्मक व्यवहार अपनाएमा परिवर्तन सम्भव हुने बताए।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको