“जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो : राष्ट्रपति पौडेल
Rastapati

राष्ट्रपति रामचन्द्र पौडेल ले “जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो।

मधेशी आयोग स्थापना दिवसका अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेको उल्लेख गर्नुभयो।

राष्ट्रपतिले मधेशी आयोगले विगत सात वर्षमा समुदायको पहिचान र अधिकारका लागि आधार निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा पनि आयोग सक्रिय रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा ले मधेश क्षेत्रका विविध भाषा, कला, संस्कृति र इतिहास नेपालका गौरव भएको बताए। उनले पछाडि परेका वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको हकहितका लागि आयोगले ठोस कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे।

राष्ट्रिय मानवअधिकार आयोग का अध्यक्ष तपबहादुर मगर ले सांस्कृतिक तथा भाषिक अधिकारको संरक्षण र विकासका लागि सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको