पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार मुद्दा दायर
Wa

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबी गर्दै विशेष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण प्रक्रियामा नियमविपरीत काम गर्दै लागत बढाइएको तथा आर्थिक पारदर्शितामा प्रश्न उठेको आरोप लगाइएको छ । मुद्दामा संलग्न व्यक्तिहरूमाथि सार्वजनिक सम्पत्तिको दुरुपयोग, अनियमित निर्णय तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको अभियोग लगाइएको छ ।    

अख्तियार स्रोतका अनुसार तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

 

यससँगै सम्बन्धित दुई कम्पनीलाई पनि निर्माण प्रक्रियामा अनियमितता गरेको आरोपमा प्रतिवादी बनाइएको छ । अख्तियारले उक्त मुद्दामा ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरेको छ ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको