बिजुलीको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति
Wac

मकवानपुर। बज्रबाराही लिलाखेल बजारमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको छ।

 आइतबार राति भएको आगलागीबाट सूर्यबहादुर बलामीको कपडा सिलाउने पसलभित्र रहेका कपडा तथा सिलाउने मेसिन जलेर नष्ट भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

स्थानीयवासीको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो। घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट प्रहरी सहायक हवल्दार मानबहादुर रुम्बाको नेतृत्वमा तीन जनाको टोली खटिएको थियो।

प्रहरीका अनुसार आगलागीमा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको